धनगढी – कैलालीको धनगढीमा ड्युटीमा रहेको प्रहरीमाथि एक जनाले चक्कु प्रहारको प्रयास गरेका छन्।
मंगलबार राति ८ बजेतिर धनगढीको ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेका युवालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा चक्कु प्रहारको प्रयास भएको हो।
उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
प्रहरीका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तर, प्रहरीले घटनाबारे औपचारिक रूपमा जानकारी दिएको छैन ।
केही दिनअघि राजधानीको ठमेलमा पनि प्रहरीमाथि केही युवाले आक्रमण गरेका थिए। आक्रमण गर्ने युवाहरूलाई राजनीतिक संरक्षण भएको भन्दै त्यसको विरोध भइरहेको छ।