सिमेन्टको मूल्य वृद्धिविरुद्ध प्रदेश सांसदले हाले सर्वोच्चमा रिट,आजै पेसी



जनकपुरधाम । माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले मंगलबार सिमेन्टमा भएको अचाकली मूल्यवृद्धि विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सिमेन्ट उत्पादक कम्पनीहरूबीचको अनुचित प्रतिस्पर्धा र मूल्यवृद्धिको षड्यन्त्र भएको दाबी गर्दै उनले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सो रिट आज न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको छ ।रिटमा सिमेन्ट उत्पादकहरूले मूल्य समिकरणको उद्देश्यले मिलेमतो गरेको दाबी गरिएको छ ।

जसका कारण सर्वसाधारण उपभोक्ता र निर्माण क्षेत्रमा गम्भीर आर्थिक असर परेको उल्लेख छ। त्यस्तै, रिटमा भविष्यमा सर्वसाधारणको लागि प्रिमियम मूल्यमा साधारण शेयर ल्याउनलाई कम्पनीलाई जसरी पनि नाफामा लैजानुपर्ने भएकाले अहिले मूल्यमा कार्टेल गरिएको आरोप लगाइएको छ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ११ : ३४ बजे