काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी ०८४ का चुनावमा कांग्रेसले बहुमत ल्याउनको लागि राम्रो तयारी गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले निर्वाचनका लागि दृढ तयारी गरिरहेको उल्लेख गरे।
उनले भने, “०८४ आउँदैछ र कांग्रेसले यो ढाँचाबाट अघि बढे भने बहुमत ल्याउने सम्भावना छ। यदि अहिले पनि वामपन्थीहरूले आफूहरू बीचको मतभेदलाई समाधान गर्न सक्दैनन् भने, एमाले दुर्घटनामा पर्नेछ।”
खनालले देशको हितको लागि वामपन्थी एकता आवश्यक रहेको धारणा राखे र सबै वामपन्थी दलहरूले आफ्नो गलत धारणा सच्याएर साझा लक्ष्यमा पुग्नुपर्ने बताए।
उनले कांग्रेसको समर्पणलाई पनि उच्च मूल्याङ्कन गर्दै भने, “कांग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडिरहेका छन्। वामपन्थीहरूले दक्षिणपन्थी बाटो अंगालेका छन्।”
पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलिरहेको भन्दै यथार्थको भ्रमण गरिसकेपछि सबै वामपन्थीहरूले देशको भलाईको लागि साझा कदम चाल्नुपर्नेमा जोड दिएका छन्।