अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप, नेपालले किर्गिस्तानलाई हरायो



काठमाडौं। घरेलु टोली नेपालले चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल र पाहुना टोली किर्गिस्तानलाई १–० गोलले पराजित गरेको हो।

नेपालको जितमा विंगर विमला चौधरीले गरेको गोल नै निणर्यक बन्यो।

यो नतिजासँगै नेपालले तीन अंक जोडेको छ।खेलमा प्रिती राई प्लेयर अफ दि म्याच बनिन् ।

तर, अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ। सोमबार नै सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–० ले हराएको थियो।

प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार  ९ : ३१ बजे