डीएसपी घाइते घटनामा १२ जना पक्राउ



काठमाडौँ । काठमाडौँको बानेश्वरबाट १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५ महिला र ७ पुरुष छन्।

आइतबार बिहान ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा सहभागी पक्राउ परेका हुन्।

झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन्।

डीएसपी पौडेलको सिभिल अस्पतालमा उपचार भइरहेको छ।

निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडि झडप भएको प्रहरीको भनाइ छ। प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन्।

प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार  ४ : २१ बजे