काठमाडौँ । काठमाडौँको टोखामा प्रहरीले गोली चलाएको छ। २०७९ असोजमा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्याका आरोपितलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो।
प्रहरीले चलाएको गोली लागेर मोहम्मद हत्याका आरोपित भारतीय नागरिक गुड्डु पटेल घाइते भएका छन्। उनको घुँडामा गोली लागेको र अवस्था खतरामुक्त रहेको रहेको प्रहरीको भनाइ छ। उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए।
गुड्डुलाई खोज्दै टोखाको झोर नजिकै पुगेका प्रहरीमाथि आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।
लाल मोहम्मदको हत्याका योजनाकार भारतीय नागरिक बब्लु पासवानलाई पर्साबाट पक्राउ गरिएको थियो। उनलाई पनि गोली प्रहार गरी नियन्त्रणमा लिइएको थियो। पासवानकै बयानमा सुटर पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।
भारतमा पनि थुप्रै अपराधका घटनामा गुड्डु फरार थिए। उनी नेपालमा लुकिछिपी बस्दै आएका थिए। तराइका जिल्लाहरूमा बस्ने गरेका गुड्डु प्रहरीलाई छल्नका लागि पछिल्लो पटक काठमाडौँ आएका थिए