‘युद्धविराम कसले लागु गराउँछ?’: युक्रेनसँग लडाइँ रोक्न पुटिनले राखे केही सर्त



काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर त्यस्तो युद्धविरामको प्रकृतिबारे प्रश्न बाँकी रहेको बन्दै केही कडा सर्तहरू अघि सारेका छन्।

युक्रेनले यो साताको सुरुमा ३० दिन लडाइँ रोक्न तयार हुँदै अमेरिकासँग सहमति गरेपछि पुटिनले प्रतिक्रिया दिएका हुन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रतिक्रियालाई कटिल भन्दै रुसविरुद्ध अझ आर्थिक प्रतिबन्ध लगाउन आह्वान गरेका छन्। अमेरिकाले रुसको तेल, ग्यास अनि ब्याङ्किङ क्षेत्रमा थप प्रतिबन्ध लगाएको छ ।

युक्रेन ३० दिन युद्धविराम गर्न तयार, अमेरिकाद्वारा सैन्य सहयोग पुनर्बहाली

पुटिन के चाहन्छन् ?

मस्कोमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युद्धविराम प्रस्तावबारे भने : विषय सही हो, यसलाई हामी समर्थन गर्छौँ। तर छलफल गर्नुपर्ने केही प्रश्नहरू छन्।

‘युद्धविरामले दीर्घकालीन शान्ति स्थापना गर्नुपर्ने र सङ्कटको जरोको समाधान हुनुपर्ने’ पुटिनले बताए।

हामीले अमेरिकी तथा साझेदारहरूसँग कुराकानी गर्न आवश्यक छ उनले भने। सायद डोनल्ड ट्रम्पसँग मेरो कुराकानी होला।

‘तीसदिने युद्धविराम हासिल भए युक्रेनीहरूलाई राम्रो हुने छ,’ पुटिनले भने। ‘हामी त्यसको पक्षमा छौँ तर यसलाई सूक्ष्म ढङ्गले परीक्षण गर्नुपर्छ।’

पुटिनका अनुसार विवादको एउटा विषय रुसको कुर्स्क क्षेत्र हो। त्यहाँ युक्रेनले गत वर्ष अतिक्रमण गरेर केही भूभाग कब्जामा लिएको थियो।

पुटिनका अनुसार कुर्स्क अहिले पूर्णरूपमा रुसको नियन्त्रणमा आइसकेको छ र त्यहाँ युक्रेनी फौजलाई ‘तितरबितरू पारिएको छ।

‘उनीहरू त्यहाँबाट जान खोजिरहेका छन्। तर हाम्रो नियन्त्रण छ। तिनका सामग्रीहरू त्यत्तिकै छाडिएका छन्।’

‘कुर्स्कमा युक्रेनीहरूसमक्ष दुईवटा विकल्प छन् – आत्मसमर्पण या मृत्यु।’

धेरै शान्ति सम्झौताका लागि साउदी अरेबिया र कतारले मध्यस्थता गर्नुको कारण

युद्धविरामको प्रस्तावप्रति आफ्ना प्रश्नहरू रहेका भन्दै पुटिनले सोधेस् ‘ती ३० दिन कसरी उपयोग गरिन्छरु के युक्रेनका निम्ति पुनस् परिचालनको मौका दिएररु पुनस् सशस्त्रीकरण गरेर? मानिसहरूलाई प्रशिक्षित गरेर? वा ती केही पनि हुँदैनन्? अनि अर्को प्रश्न – तिनको नियन्त्रण कसरी हुन्छ ?

‘लडाइँ रोक्ने आदेश कसले दिन्छ? कुन मूल्यमा? २,००० किलोमिटर क्षेत्रमा सम्भावित युद्धविराम उल्लङ्घन भएको कसले निर्क्योल गर्छ? यी प्रश्नका समाधानका निम्ति दुवै पक्षबाट गहन काम हुनुपर्छ। युद्धविराम लागु कसले गराउँछ ?

२५ वर्षदेखि रुसी सत्तामा रहेका पुटिनले देशलाई अघि बढाए कि पछि धकेले ?

भिडिओ सम्बोधनमा जेलेन्स्कीले पुटिनले सोझै नाइँ नभने पनि युद्धविराम प्रस्तावलाई व्यवहारमा उनले अस्वीकार गर्ने तयारी गरेका छन् भने।

यो युद्ध लम्ब्याइराख्न र युक्रेनीहरूलाई मारिराख्न चाहन्छु भनेर पुटिनले राष्ट्रपति ट्रम्पलाई सोझै भन्न डराएका छन्।

रुसी नेताले यति धेरै पूर्वसर्त राखेका छन् कि केही पनि अगाडि नबढ्ने जेलेन्स्कीले बताए।

अमेरिकाले सघाउन छोड्यो भने के युक्रेनले रुससँगको लडाइँमा खर्च जुटाइरहन सक्छ
ट्रम्पले गरे पुटिनसँग टेलिफोन वार्ता, युक्रेन युद्ध रोक्ने विषयमा कुराकानी सुरु

पुटिनको टिप्पणी र जेलेन्स्कीको प्रतिक्रियापश्चात् दुवै पक्षका अडानमाझ अब स्पष्ट विभाजन देखा परेको छ।

युक्रेन दुई चरणको प्रक्रिया चाहन्छ -चाँडै हुने युद्धविराम र त्यसपछि दिगो समाधानका वार्ता।

रुसचाहिँ यी दुवै विषयलाई छुट्ट्याउन चाहँदैन। एउटै समझदारीले सबै मुद्दा निर्क्योल होस् भन्ने उसको भनाइ छ।

युक्रेन रुसमाथि आफूले दबाव बढाउन सक्ने ठान्छ। रुसले समय खेर फालिरहेको देखाउन सकिन्छ भन्ने उसलाई लाग्छ।बीबीसिबाट

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  १ : १७ बजे