काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ।
बिहीवार पार्टी कार्यालय पुगेका मन्त्री चौधरीलाई पार्टी कार्यालय सानेपामा कालोझण्डा देखाइएको हो।
बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको समूहले कालोझण्डा देखाएको थियो।
कांग्रेसको खेलकुद विभागले आयोजना गरेको खेलकुद नीति विषयक विचार गोष्ठीमा वक्ताका रूपमा सहभागी हुन उनी पार्टी कार्यालय सानेपा पुगेका थिए।
कालोझण्डा देखाउने समूहले मन्त्री चौधरीको राजीनामा समेत माग गरेका छन्।
उनीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावाद’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए।
ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन्














