ललितपुरको इमाडोलमा युवकको हत्या, एकजना पक्राउ



काठमाडौं । ललितपुरको इमाडोलमा बुधबार (चैत १३) राति एक युवकको हत्या गरिएको छ ।

खुकुरी प्रहार गरी उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ इमाडोल प्रहरी स्रोतले भन्यो ।

हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।

प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार  ११ : १७ बजे