रौतहट । बारा प्रहरीले लागू औषध चरेस सहित एक जनालाइ पक्राउ गरेको छ । हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको बा ४८ प ९३३ नम्बरको मोटरसाईकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा ११।६८ किलो लागू औषध चरेस बरामद गरेको हो ।
लागू औषध चरेस बोकी हिडिरहेको भन्ने बिशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं। २१ स्थितबाट चरेस, मोटरसाईकल सहित मानिसलाइ नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीले बताए ।
उनका अनुसार मकवानपुर थाहा नगरपालिका वडा नं। ०६ ब्रर्जबारे बस्ने वर्ष ३८ को दशरथ थिङलाई पनि नियन्त्रणमा लिइएको छ । मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखिएको अवस्थामा लागु औषध चरेस बरामद गरिएको उनले जानकारी दिए ।
यस विषयमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्य लय बाराले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।