काठमाडौं। तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ ।
सोमबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
चैत १५ गते राजावादीले प्रदर्शन गरेको तीनकुने घटनामा आगजनी भएको घरमा उनी देखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
सोही घरको एउटा कोठामा रहेका पत्रकार सुरेश रजकको आगलागीबाट ज्यान गएको थियो । सुरेश कोठामा रहेका बेला कुवँरले भिडियो लाइभमा बोलेको सुनिन्छ । कुँवर अभिनेत्री समेत हुन् ।
यही घटनाबारे थप सोधपुछ गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।