चारदेशीय टी-२० सिरिज: कतारमाथि नेपालको सहज जित



काठमाडौँ । हङकङमा आजदेखि सुरु भएको चारदेश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।

नेपालले कतारलाई ८ विकेटले हराएको हो ।

कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे। नेपालको जितमा शीर्ष अडरले उत्कृष्ट ब्याटिङ गरे। ओपनर कुशल भुर्तेलले ३८ रन बनाउँन आरिफ शेखले ३३ रन बनाएका थिए।

त्यस्तै रोहित पौडेलले ३७ रन र बसिर अहमद ३० रनमा अविजित रहे। पहिलो विकेटका लागि भुर्तेल आसिफफले ८१ रनको साझेदारी गर्दा तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र बसिर अहमदले ६२ रनको अभिजित साझेदारी गरेका थिए।

प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार  १० : ३८ बजे