काठमाडौं । हङकङमा जारी चारदेशीय ट्वान्टी–२० शृंखलाको फाइनल नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ ।
मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो ।
कुवेतका ओपनर रविजा सन्द्रावरुनले आक्रामक ब्याटिङ गर्दै ६३ रन बनाए । उनले ३६ बलमा ६ चौका र चार छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर क्लिन्टो आन्टोले १४ बलमा एक चौका र तीन छक्कासहित २६ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ४.२ ओभरमा ४९ रनको साझेदारी गर्दै कुवेतलाई बलियो सुरुआत दिलाएका थिए । कुशल भुर्तेलले १२ औं ओभरमा उस्मान पटेललाई बोल्ड गर्दै नेपालला२ तेस्रो सफलता दिलाए ।
लगत्तै अर्को ओभरमा करण केसीले डेन्जरम्यान राजिभालाई आउट गर्दै खेल नेपालको पक्षतिर तानेका थिए ।
१५औं ओभरमा बिलाल ताहिर रनआउटको शिकार बनेपछि कुवेतले पाँचौ विकेट गुमायो ।














