नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

बुधबार जनमत पार्टीसँगको एकता कार्यक्रमबाट उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो ।

एकता कार्यक्रम सुरु हुनु अघि नै उनलाई पक्राउ गरिएको हो ।

उनी एकता कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका थिए । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर हो ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  १ : ४१ बजे