काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ ।
गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् ।
घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ । पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेपछि घटना सार्वजनिक भएको हो ।














