नेपालले बहराइनलाई हरायो, सुपर थ्रीको सम्भावना जिवितै



काठमाडौं। नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको छ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल डिएसएस मेथर्डमार्फत ६ विकेटले विजयी भएको हो। योसँगै नेपालले सुपर थ्रीको सम्भावना कायमै राखेको छ।

योसँगै समूह सी को खेल सक्काएको नेपालले चार खेलबाट पाँच अंक पुर्‍याएको छ। एक खेल कम खेलेको हङकङको चार अंक छ। बराइनसँगको अन्तिम खेल रद्द भए पनि हङकङ सुपर थ्रीमा स्वतस् पुग्नेछ।

बहराइनले दिएको ७७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै ५६ रन बनाएको थियो। तर, वर्षाको कारण खेल अगाडि बढ्न नसकेपछि नेपाल ६ विकेटले विजयी भएको हो।

नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक २४ रन बनाइन्। अविजित रहेकी उनले सात बलमा चार चौका र एक छक्का प्रहार गरिन्। उपकप्तान पूजा महतो १३ रनमा आउट भइन्।

बहराइनकी प्रवित्रा सेठ्ठीले सर्वाधिक तीन विकेट लिइन्।

प्रकाशित मिति : जेष्ठ १, २०८२ बिहीबार  ४ : ३३ बजे