रसुवा । रसुवाको गोसाइकुण्डबाट गाउँपालिका-२ बाट साढे सात किलो सुन बरामद भएको छ।
सुनसहितका एक एक जना पक्राउ परेका रसुवा प्रहरीले जानकारी दिएको छ।
केरुङबाट काठमाडौँतर्फ आउँदै गरेको स्याउ बोक्ने गाडीबाट सुन बरामद गरिएको रसुवाका प्रहरी प्रमुख डीएसपी खेमबहादुर शाहीले जानकारी दिए।
गाडीका चालक २४ वर्षका किशोर भुजेललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी पनि रसुवाकै हुन्।
सुन बरामद गरेको प्रहरी टोली सदरमुकाम फर्कने क्रममा छ।














