काठमाडौं । आइसीसी वुमेन्स टी-२० विश्वकप एसिया क्वालिफायरअन्तर्गत सुपर थ्रीको दोस्रो तथा अन्तिम खेलमा नेपाललाई थाइल्यान्डले १ सय ५९ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।
थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै नेपाललाई १५९ रनको लक्ष्य दिएको हो ।
थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५० रन बनाइन् । उनले २८ बलमा आक्रामक अर्धशतक बनाएकी हुन् ।
यसअघिनै थाइल्यान्ड र नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाइसकेकाले आजको खेल एसियाली क्वालिफाइरको च्याम्पियन बन्नका लागि महत्त्वपूर्ण मानिएको छ। यसअघि नेपालले समूह चरणमा बहराइनलाई दुवै खेलमा हराएको थियो।
हङकङसँग एक खेलमा पराजित भएको थियो। हङकङको नेपालसँग १ र बहराइनसँग दुवै खेल वर्षाले प्रभावित हुँदा नेपाल बढी जितका आधारमा समूहको शीर्ष टोली बन्दै सुपर थ्रीमा पुगेको थियो।