कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष पक्राउ



काठमाडौं ।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन्।

चौधरीविरूद्ध रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।

गत जेठ १ गते पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका चौधरी मंगलबार आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार  ४ : ०५ बजे