काठमाडौँ । बैतडीको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको छ।
शुक्रवार बिहान १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको थियो।
सोही स्थान आसपास केन्द्रबिन्दु भएर २ः०० बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको केन्द्रको भनाइ छ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए।
भूकम्पबाट केही पुराना घरहरू चर्किएको स्थानीयहरूले बताएका छन्।














