पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो



काठमाडौँ ।पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध द्वन्द्वकालमा भएको एक हत्यासम्बन्धी विषयलाई जोडेर दायर भएको रिटको सुनुवाइ सकिएको छ ।

माओवादी सशस्त्र विद्रोहको समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या आरोपमा लामाकी श्रीमती पूर्णिमाया र मानवअधिकारकर्मीले सापकोटाविरुद्ध १३ वर्षअघि रिट दायर गरेका थिए ।

प्रधानन्यायाधीश प्रकाशमान सिंहसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको संवैधानिक इजलासमा सुनुवाइ भएको हो ।

आज सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार  ४ : ४३ बजे