माओवादी नेता अग्नि सापकोटाविरुद्ध अपहरण मुद्दाको अनुसन्धान अघि बढाउन आदेश



२१ जेठ । सर्वोच्च अदालतले माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मार्ने र अपहरण मुद्दाको उजुरीमा अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासले सापकोटाविरुद्धको उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरेको हो ।

यो उत्प्रेषणको आदेशले अब सापकोटामाथिको अनुसन्धान अघि बढ्ने भएको छ ।

काभ्रेका अर्जुल लामा हत्या अभियोगमा सापकोटाविरुद्धको जाहेरी मुल्तबीमा राख्ने मन्त्रिपरिषद्को निर्णयका कारण रोकिएको अनुसन्धान अब अघि बढ्ने भएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार  ६ : ३० बजे