काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि विपक्षी दलहरुको बैठक सूरु भएको छ ।
अहिले सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बैठक जारी छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षीहरुले सदन अवरोध जारी राखेका छन् ।
बिहीबारै बिहान बसेको पदाधिकारी बैठकबाट माओवादीले सदन खुलाउन अधिकतम पहल गर्ने निर्णय गरेको थियो ।