पूर्वप्रधानमन्त्री माधव नेपालको सांसद पद निलम्बन



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ ।

अख्तियारले आज पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बन भएको हो ।

पूर्वप्रधानमन्त्रीविरुद्ध नै अदालतमा मुद्दा दर्ता भएको यो पहिलो पटक हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३३ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेपछि स्वत निलम्बन हुने व्यवस्था छ।

प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार  १ : ४८ बजे