प्रतिनिधिसभाको अवरोध खोल्न सभामुख र तीन दलका प्रमुख सचेतकबिचको छलफल निष्कर्षविहीन



काठमाडौँ । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका सचेतकहरूको बैठक सकिएको छ।

सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे एमाले सचेतक महेश बर्तौला र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका थिए।

भिजिट भिसा सेटिङ प्रकरणका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन ।

छलफलका क्रममा दलहरूले आआफ्नै अडान दोहोर्याएपछि बैठक निष्कर्षविहीन भएको हो।

प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार  १ : १५ बजे