काठमाडौं । विपक्षी दलहरूको बैठक सुरु भएको छ ।
संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो ।
यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतकहरुसँग सदनको अवरोध खुलाउनको लागि छलफल गरेका थिए ।
सभामुखसँगको छलफलमा कांग्रेस र एमालेले विपक्षीहरुको माग पूरा गर्न नसकिने अडान दोहोर्याएका छन् ।