राष्ट्रिय सभाबाट माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य सुरेश आलेमगरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा उनले राजीनामा दिएर लेखकले मार्गप्रशस्त गर्नुपर्ने बताए ।

राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि उनी मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएका हुन् ।

प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानविन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्नेकुरा सहमति नजिक पुगेपनि टुंगो नलागेको बताउँदै उनले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने बताए ।

प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार  २ : ३८ बजे