काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) २३.१९ अंकले बढेको छ ।
नेप्से परिसूचक ०.८८ प्रतिशतले बढेर २६५३.०९ विन्दुमा पूगेको छ । यस दिन आठ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४४ प्रतिशत बढे । व्यापार ०.४४, जीवन बीमा ०.०९ र होटल तथा पर्यटन ०.२५ प्रतिशत घटे ।आज चार जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् ।
आज १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।