नेपाल बैंक लिमिटेडका तत्कालिन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, २६ जेठ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा। चन्द्र बहादुर अधिकारी समेत ६जना भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी र लक्की खान भन्ने खुस नसिब अन्सारी छन् ।

भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टको नेपाल बैक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भनी घुसररिसवत लिईरदिई गरी भ्रष्टाचार गरेकोले उनीहरुविरुद्ध मुद्दा दायर गरेको अख्तियारको दाबि छ ।

अख्तियारले दायर गरेको मुद्दामा प्रतिवादीहरूसँग जनही ५० लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रकाशित मिति : जेष्ठ २६, २०८२ सोमबार  ७ : ३० बजे