काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिक्पाल कार्की छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको हो।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा निमित्त उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो। उक्त समूहमा कार्की पनि रहेका थिए।
स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए। केसी कार्यकक्षमा नभएको मौका पारेर उनीहरूले कार्यकक्ष तोडफोड गरेका थिए।