काठमाडौँ महानगरका पूर्वप्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार ९हाल सञ्चार तथा प्रसारण विभागका महानिर्देशक०सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

बुधवार आयोगले विशेष अदालतमा ४ करोड ३१ लाख ७२ हजार ३८७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

परियारसहित काठमाडौं महानगरपालिकाका निर्देशक रबीनमान श्रेष्ठ, काठमाडौं महानगरपालिकाका निर्देशक शिवराज अधिकारी,काठमाडौं महानगरपालिकाका निर्देशक वसन्त आचार्य, काठमाडौं महानगरपालिकाका निर्देशक नमराज ढकाल, काठमाडौं महानगरपालिकाका सहायक निर्देशक उत्तम दाहाल, काठमाडौं महानगरपालिकाका इन्जिनियर जनार्दन गिरी विरूद्ध पनि सोही रकम बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो।

काठमाडौं महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ।

प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार  ४ : ४४ बजे