भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको विमान दुर्घटना,



गुजरात । भारतको गुजरातस्थित अहमदावादमा एयर इन्डियाको विमान दुर्घटनामा परेको छ।

बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै विमान दुर्घटनामा परेको हो।

बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयमा नै दुर्घटना भएको इन्डिया टुडेले लेखेको छ।

उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको भारतको उड्डयन मन्त्रालयले जानकारी दिएको छ।

दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार  २ : ५५ बजे