दुर्घटनाग्रस्त जहाजमा सवार थिए गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी



काठमाडौं । एयर इन्डियाको एआई–१७१ उडान विमानमा गुजरात राज्यका पूर्वमुख्यमन्त्री विजय रूपाणी सवार रहेको खुलेको छ । दुर्घटनामा परी एक सय जनाको मृत्यु भएको छ।

विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दल सदस्य रहेका थिए। सवार यात्रुहरूमध्ये १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगल र १ जना क्यानाडाका नागरिक थिए।

भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्व गुजरात मुख्यमन्त्री विजय रूपाणी समेत विमानमा सवार थिए। उनी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै थिए।

विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७.८ ड्रिमलाइनर जहाजले उडान सुरु गरेको केही क्षणमै दुर्घटनामा पर्दा उनीहरुको मृत्यु भएको दैनिक भाष्करले उल्लेख गरेको छ।

भारतीय समयअनुसार दिउँसो १:३८ बजे टेकअफ गरेको फ्लाइट नम्बर एआई‑१७१ जहाज उडान भरेको करिब १५ सेकेन्डमै मेघानी नगरस्थित सिभिल अस्पताल नजिकै रहेको मेडिकल इन्टर्नहरूको होस्टेलमा खसेको हो। दुर्घटनापछि आकाशमा बाक्लो धुवाँ देखिएको र ठूलो आवाजसहित आगलागी भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार  ४ : ५५ बजे