एयर इन्डिया विमान दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री रुपाणीको मृत्यु



काठमाडौँ । भारतको अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटना हुँदा विमानमा सवार गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको मृत्यु भएको छ ।

विमानमा सवार गुजरातका पूर्व मुख्यमन्त्री रुपाणीको दुर्घटनामा मृत्यु भएको भारतिय मिडियाले जानकारी दिएका हुन् । उनी आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै थिए।

दुर्घटनामा परी एक सय जनाको मृत्यु भएको छ।

विमानमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दल सदस्य रहेका थिए। सवार यात्रुहरूमध्ये १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगल र १ जना क्यानाडाका नागरिक थिए।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार  ५ : ४८ बजे