काठमाडौं । भारतको अअहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २४० जना पुगेको छ।
भारतीय मूलका ब्रिटिश नागरिक रमेश विश्वास कुमार र अन्य एक यात्रिको जिवितै उद्दार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
चालक दलका सदस्यसहित विमानमा सवार २४२ जना रहेको विमान लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।
सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो ।
त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।