काठमाडौं, २९ जेठ । मधेश प्रदेश सांसद सरोजकुमार सिंहलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकोछ।
सिंहविरुद्ध प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप थियो । यही आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज उनलाई पक्राउ गरेको हो ।
यसअघि उनका स्वकीय सचिवलाई समेत अख्तियारले पक्राउ गरिसकेको छ ।
सिंहले विकास कोषको रकम उपभोक्ता समितिमार्फत लगेर अनियमितता गरेको आरोप छ ।