काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) झिनो अंकले बढेको छ ।
परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा पूगेको हो ।
यस दिन ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.४४, फाइनान्स ०.५९, लगानी ०.७६, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.३१, होटल तथा पर्यटन ०.०६ तथा अन्य समूह ०.४६ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।१० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर छन् । त्यस्तै बरुण हाइड्रोपावरको ९.८४, युनियन हाइड्रोपावरको ९.३४ प्रतिशत मूल्य बढ्यो ।
आज ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।