काठमाडौँ । इजराइल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको सरकारले जानकारी दिएको छ।
पछिल्ला तीन दिनयता दुवै देशबीच युद्धको स्थिति रहेपनि दुवै देशमा रहेका नेपालीहरू सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले आइतवार विज्ञप्ति जारी गरी जानकारी दिएको हो।
‘हाल इसराइलमा ५५०० र इरानमा १२ जना नेपालीहरू रहेको र उहाँहरू सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ।