सानो पाइला सहकारी ठगी प्रकरण : रविविरुद्ध पर्सामा मुद्दा दर्ता, ५ करोड बिगो मागदाबी



काठमाडौं, १ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

लामिछानेविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

एक महिनाअघि नै प्रहरीले यस प्रकरणमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सामा आफ्नो प्रतिवेदन बुझाएको थियो । लामिछाने यतिवेला रुपन्देही कारागारमा छन् ।

प्रकाशित मिति : असार १, २०८२ आईतबार  ८ : ४९ बजे