सोमबार झिनो अंकले बढ्यो सेयर बजार, १३ अर्ब १८ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) झिनो अंकले बढेको छ । आज परिसूचक २.८० अंकले बढेर २,६५८.६६ विन्दुमा पूगेको हो ।

यस दिन १३ अर्ब १८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.६९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.२५ र व्यापार ०.०९ प्रतिशत बढे ।अघिल्लो दिनसम्म उच्च दरले बढेको हाइड्रोपावर आज १.०० प्रतिशत घट्यो । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो अन्य ०.३३ तथा लगानी ०.१३ प्रतिशत घटे ।

आज १२४ कम्पनीको सेयरमूल्य बढेको छ भने १२४ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  ३ : ४८ बजे