पत्रकार दिलभुषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश



काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई कानुनबमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएको छ।

आफूलाई जारी भएको पक्राउ पुर्जीविरुद्ध पाठकले दायर गरेको रिटमा अदालतले सो आदेश गरेको हो।

न्यायाधीश ऋषिराज भण्डारीले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाएका छन्।

अब पाठकलाई ५ गतेसम्म प्रहरीले पक्राउ गर्न सक्ने छैन।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  ६ : ४६ बजे