विकल पौडेलसहितको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्चमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले गरेको माग दाबीमध्ये विशेष अदालतबाट आएको आंशिक सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगले प्रतिवादी रहेका नवीनकुमार पोखरेल, रोहितमान प्रधान, भुवन महर्जन, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, रामबहादुर बुढा र शिरीष उपाध्यायविरुद्ध पनि पुनवरावेदन गरेको छ।

आयोगले विकलसँग ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेकामा विशेष अदालतले २५ करोड ४७ लाख १ हजार जरिवाना र दुई वर्ष कैद हुने फैसला गरेको थियो। गत वर्ष २०८१ जेठमा भएको उक्त फैसलामा कानुनी त्रुटी रहेको भन्दै आयोगले विशेषको फैसला बदर गर्न माग गरेको छ।

आयोगले विकल पौडेल, नविन कुमार पोखरेल, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, राम बहादुर बुढा र शिरीष उपाध्यायसहितका प्रतिवादीहरूले सुरक्षा मुद्रण केन्द्रका लागि सामान खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  ८ : ०३ बजे