काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा मङ्गलबार बिहान उपस्थित भएका हुन्।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।
तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए ।