काठमाडौं, ३ असार । प्रतिनिधिसभाको बैठक आगामी असार ५ गतेसम्मका लागि स्थगित भएको छ ।
आज केही बेर बसेर आधा घण्टाका लागि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए । पछि साढे ४ बजे बस्नेगरी सूचना सार्वजनिक गरिएको भए पनि अन्ततः आगामी बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
सङ्घीय संसद् सचिवालयले आगामी असार ५ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको सूचना सार्वजनिक गरेको छ । भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले सदन अवरुद्ध गर्दै आएका छन् ।
भिजिट भिसा प्रकरण छानविनका लागि समिति बन्नुपर्ने र गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने प्रतिपक्षी दल राप्रपा र रास्वपाको माग रहेको छ ।