काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।
सिंहदरबारमा आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।