काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको तीन दलका शीर्ष नेताको स्थगित भएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि ओलीले बोलाएको बैठक स्थगन गरिएको ओलीको सचिवालयले जानकारी दिएको हो।
बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा २ बजे बस्ने भनिएको थियो।
बुधबारका लागि तय भएको बैठक नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ बाहिर रहेकाले सारिएको थियो।
विशेष गरी ओलीले निजमती कर्मचारी विधेयकमा प्रस्ताव गरिएको कुलिङ पिरियडको व्यवस्था उल्ट्याउन खोजेका छन्।
त्यसका लागि बुधवार नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका ओलीले माओवादीको पनि साथ लिने उद्देश्यले बैठक बोलाएका हुन्।
प्रतिनिधि सभामा रास्वपालगायतका दलको विरोधका कारण बैठक स्थगित गरिएको बताइएको भएपनि कुलिङ पिरियडमा उच्च पदस्थ कर्मचारीको वक्रदृष्टि रहेको छ। ओलीले निवृत्त हुने उच्च पदस्थ कर्मचारीहरुलाई खुशी पार्न कुलिङ पिरियडलाई खारेजीको प्रयास गरिरहेका छन्।