काठमाडौं । बिजमान्डू र नेपाल खबरमा प्रकाशित समाचारविरुद्ध धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको निवेदन काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ ।
न्यायाधीश श्यामबिहारी मौर्यको इजलासले बिहीबार श्रेष्ठको निवेदन खारेज गरिदिएको हो ।
दुवै अनलाइनले प्रकाशित समाचार पनि हटाउन नपर्ने भएको छ ।
मौर्यको इजलासले यसअघि न्यायाधीश पिताम्बर शर्माको इजलासले समाचार हटाउन दिएको आदेश पनि बदर गरिदिएको छ ।
आदेशमा सञ्चार माध्यम वा पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का पर्ने व्यक्तिले प्रेस काउन्सिल नेपालमा उजुरी दिन सक्ने व्यवस्था भएकाले विद्युतीय कारोबार सम्बन्धी कसूरमा अनुसन्धान गर्नु नपर्ने उल्लेख छ ।