इरानका तीनवटा परमाणु केन्द्रमा अमेरिकाको बमबारी



काठमाडौं । इजरायल र इरानबीचको युद्धमा अमेरिका पनि संलग्न भएको छ ।

अमेरिकाले इरानको फोर्दो लगायत तीनवटा पारमाणविक केन्द्रमा सफल बम आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् जानकारी दिएका छन् ।

ती दुई देशबीच युद्ध शुरु भएको दुई हप्ता नपुग्दै अमेरिकाले इजरायललाई सहयोग पुग्ने र इरानका सामरिक स्थलहरू नष्ट गर्ने गरी आक्रमण शुरु गरेको हो ।

अमेरिकाका बी(२ बम्बर विमानबाट इरानका तीन वटा परमाणु केन्द्रहरूमा बम खसालेको समाचारमा उल्लेख छ ।

अमेरिकाले बी(२ बम वर्षक विमानहरूको सैन्य अखडा प्रसान्त महासागरस्थित टापु गुआममा स्थापना गरेको छ ।

प्रकाशित मिति : असार ८, २०८२ आईतबार  ९ : ३४ बजे