काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार(नेप्से) परिसूचकमा आज नेप्से परिसूचक ०.२२ अङ्कको झिनो गिरावटसहित २६००.५३ को विन्दुमा पुगेर बन्द भएको हो ।
आइतबार ९ अर्ब १४ करोड मूल्य बराबरको सेयर बजार सोमबार साढे ६ अर्ब हुँदै आज ५ अर्ब ७५ करोडमा खुम्चिएको हो।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव ४४, लगानी शून्य दशमलव २७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४२, लघुवित्त शून्य दशमलव १९ र म्युचुअल फन्ड शून्य दशमलव २७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ।
विकास बैंक शून्य दशमलव ४२, वित्त शून्य दशमलव ७४, होटल तथा पर्यटन शून्य दशमलव, जलविद्युत् शून्य दशमलव ४४, जीवन बीमा शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव ०९ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ।
यस दिन १०७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ। १४२ कम्पनीको सेयर मूल्य घटेको छ।