पतञ्जलि जग्गा प्रकरण: बयानका लागि विशेष अदालतमा उपस्थित भए माधवकुमार नेपाल



काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् ।

बुधबार पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी अदालतमा उपस्थित भएका हुन् ।

नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : असार ११, २०८२ बुधबार  ११ : १८ बजे